भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ पलासेमा कालिकोट स्थायी घर भई हाल उक्त स्थानमा जग्गा भाडामा लिई टहरो बनाई बसेका २४ बर्षकी दमिला शाही (गर्भवती), ४ बषिेया प्रिया बम (छोरी) र बर्ष १४ की मनिषा शाहीकाे (साली) मृत्यु
गाेरखा । अबिरल बर्षा पछी आएकाे बाढी र पहिराेमा परी अहिलेसम्म १९ जनाकाे ज्यान गएकाे छ भने ४० जना अझै बेपत्ता भएका छन् ।
बर्षा पछी आएकाे बाढी र पहिराेमा १० जिल्लामा १९ जनाकाे ज्यान गएकाे, ४० जना बेपत्ता भएका र १ जना घाईते भएकाे शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
बाढी पहिराेमा परी काभ्रेमा ६ जना, पाँचथर र भक्तपुरमा ३-३ जना, धनुकाटा र सिन्धुपाल्चाेकमा २-२ जना, काठमाडाैं, धादिङ र ललितपुरमा १-१ जना गरी १९ जनालकाे ज्यान गएकाे उनले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म बाढी पहिराेमा परी अन्य ४० जना अझै बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा काभ्रेमा १० जना, मकवानपुरमा ६ जना, पाँचथरमा ५ जना झापा, काठमाडाैं, ललितपुर र भक्तपुरमा ४-४ जना धादिङमा ३ जना रहेका छन् ।
बाढी पहिराेमा परी काभ्रेमा १ जना घाईते भएकाे र अहिलेसम्म १ हजार ७२ जनाकाे शकुसल उद्दार गरीएकाे पनि सहप्रबक्ता थापाले जानकारी दिए ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल


