भक्तपुरकाे बाढीमा परी शकुसल उद्दार गरीएकी महिलाकाे सुरक्षित स्थानमा लादै सुरक्षाकर्मी
गाेरखा । केही दिनकाे अबिरल बर्षा पछी आएकाे बाढी र पहिराेमा परी अहिलेसम्म ११ जनाकाे ज्यान गएकाे छ भने १३ जना अझै बेपत्ता भएका छन् ।
बर्षा पछी आएकाे बाढी र पहिराेमा परी पाँचथरमा २ जना, धनुकाटामा २ जना, झापा, काठमाडाैं, धादिङ र ललितपुरमा १-१ जना र काभ्रेमा ३ जनाले ज्यान गुमाएकाे शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार साेही बाढी पहिराेमा परी अन्य १३ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरुमा धनकुटामा २ जना, काठमाडाैंमा ४ जना, ललितपुरमा ६ जना र धादिङमा १ जना रहेका छन् ।
धादिङ र काठमाडाैंमा खाेलाले बगाउदा बेपत्ता भएका हुन भने धनकुटा र ललितपुरमा पहिराेका कारण बेपत्ता भएकाे उनले बताए ।
बाढी पहिराेमा परेका मघ्ये अहिलेसम्म ७६४ जनाकाे शकुसल उद्दार गरीएकाे पनि सहप्रबक्ता थापाले जानकारी दिए ।


