प्रतिकात्मक तस्बिर
काठमाडाैं । देशैभर भएकाे अविरल वर्षाका कारण विभिन्न ठाउँमा विपदका घटनामा अहिलेसम्म कम्तीमा ८ जनाको ज्यान गएको छ । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक र ललितपुरलगायत जिल्लामा मानवीय क्षति भएको हाे ।
बाढी पहिराेमा केही बेपत्ता भएकाे केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । तर क्षतिको पूरा विवरण आउन बाँकी नै छ । यस्तै ४०० भन्दा धेरै नागरिक विस्थापित भएका र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार १५० भन्दाबढी ठाउँमा बाढीपहिरो लगायतका घटना भएका छन् ।
सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।


