प्रतिकात्मक तस्बिर
काठमाडाैं । माैसममा अचानक आएकाे परिबर्तनका कारण बिहीबार र शुक्रबार देशभरका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुलेटीन जारी गर्दै नारायणी, बाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरेको हाे ।

महाखाशाले भोलि र पर्सि कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आकस्मिक बहावको मध्यम जोखिम रहेको समेत जानकारी दिएकाे छ ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा भने आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


