प्रतीकात्मक तस्बिर
काठमाडाैं । आज दिउसाेदेखी देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने छ । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ ।
लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र केही स्थानमा भारी बर्षा हुन सक्ने सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे बुलेटीनमा उल्लेख गरिएकाे छ ।
महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्न सक्नेभन्दै धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।




















