धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आज ८ जना थुनुवा फरार भएका छन् । बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा १ जनालाई भने भाग्दाभाग्दै प्रहरी पक्राउ गरेकाे धनुषा प्रहरीले जनाएको छ ।
बाँकी ८ जनाको प्रहरीले तिब्र रुपमा खोजी गरिरहेको छ ।
थुनुवा कक्षबाट फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, भास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार तथा अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।



