फाईल तस्बिर
काठमाडाैं । प्रहरीले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएको छ ।
साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडाैंमा उपस्थित गराएको थियो ।
१ जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाई विरुद्ध उजुरी दिएका थिए । त्यसैका आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधवार अनुमति दिएको थियो ।
उनीसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।


