प्रतीकात्मक तस्बिर
काठमाडाैं । नेपालमा पुन: मनसुन सक्रिय रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक बुलेटीन जारी गर्दै साेमबार राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा भारी बर्षा हुने सम्भावना रहेको जनाएकाे हाे ।
भारी बर्या हुने स्थानहरुमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
यस्तैगरी, मंगलबार पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी बर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव देखिन थालेकाे छ ।
आज पहाडी भेगका थोरै स्थानहरुमा तथा बाँकी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।


