काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जित हात पारेको हो ।
मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गरेको हो ।
६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।




















