काठमाडाैं । आज देशकाे विभिन्न स्थानमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानी पर्ने सम्भावना रहने गर्दछ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ ।
आजै राति पहाडी भू–भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेकाे छ । भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


