प्रतीकात्मक तस्बिर
काठमाडाैं । केही दिन यता सफा रहेकाे देशभरकाे माैसममा सामान्य परिवर्तन देखिएकाे छ । आज बिहानैदेखि केही स्थानमा माैसम बदली भएको हाे ।
कोशी र बाग्मती प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ ।




















