सुर्खेत । लोपोन्मुख राउटे समुदायका १ जना युवाको उपचारको क्रममा ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको सुर्खेत प्रहरीले जानकारी दिएकाे छ ।
लामाे समयदेखी बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । शाहीकाे जाँचका क्रममा टिबी पुष्टी भएकाे थियाे । उपचार सम्भव नभएपछी उनलाइ अस्पतालले डिस्चार्ज दिएकाे थियो ।
शाहीलाइ डिस्चार्जपछि दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल लैजादै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ज्यान गएकाे थियाे ।
शाहीकाे ज्यान गएसँगै अब राउटेको जनसङ्ख्या १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको ज्यान गइसकेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।
तस्बिर लालबहादुर खत्री



