साँकेतिक तस्बिर
बर्दिया । बारबर्दिया नगरपालिका-५ काे तर्कापुरमा १ जना महिलाको हत्या आराेपमा १ जना पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती १२:२० बजेकाे समयमा बारबर्दिया नगरपालिका वडानम्बर-११ बस्ने ३९ वर्षीया मीना थारुकाे हत्या आराेपमा प्रहरीले साेही स्थानका ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)लाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालका जानकारी दिए ।
उनका अनुसार पप्पुले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । घटना लगत्तै गंभिर घाइते भएकी मिनालाइ उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको हाे । प्रनाउ अर्यालले हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।




















