फाइल तस्बिर
काठमाडाैं । आजदेखी भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैछ । थिमिमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा सुरु हुने गर्दछ । आजको जात्रामा मध्यपुर थिमि–४ का विरेन्द्रभक्त श्रेष्ठले तेश्रो पटक जिब्रो छेडाउँदै छन् ।
यसभन्दा अघि उनले २०७४ र २०७९ सालमा जिब्रो छेडाएका थिए । आज बेलकी ७:३० बजे दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले पशुपतिनाथको दर्शन गर्ने तयारी छ ।
जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धिप बोकेर खाली खुट्टा थिमिका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने परम्परा रहेकाे छ । यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमिमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ ।
जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ ।




















