फाइल तस्बिर
काठमाडाैं । आज बिहानैदेखी देशका धेरै ठाउँमा आज मौसम सफा देखिएकाे छ । बिहानैदेखि अधिकाशं स्थानमा घाम लागेको छ ।
मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकाले देशभर मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
आज दिउँसो विशेषगरी पश्चिम क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी केही स्थानमा पानी पर्न सक्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटीनमा उल्लेख गरिएकाे छ ।


