साँकेतिक तस्बिर
काठमाडौं । प्रहरीले नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट १ जना पुरुषलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का भएकाे पुष्टी गरेकाे हाे ।
राेक्काले भाडामा लिएको ललितपुर महानगरपालिका-८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र १ हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।
पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


