माेरङ। रतुवामाई नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा आज दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले लुइँटेललाई दोषी ठहर गरेको हो ।
नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ ।
गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैदका साथै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम ६ महिना कैद र थप १ लाख ६० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको हो ।




















