फाइल तस्बिर
काठमाणडाैं । आज परेकाे मोहम्मद जयन्ती (मोहम्मद दिवस) मा मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त सूचनाका आधारमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका बस्तीमा विभिन्न कार्यक्रमहरुकाे आयाेजना समेत गरीएकाे छ ।



