लमजुङ । निरन्तरकाे बर्षापछी आएकाे पहिरोले अवरुद्ध लमजुङको डुम्रे–बेँसीशहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ को उदिपुर, दलाललगायतका ठाउँमा पहिरो जाँदा आइतवार साँझदेखि अवरुद्ध सडक सञ्चालनमा आएकाे हाे ।
ठुला मेशिनका सहायताले विभिन्न ठाउँको पहिरो हटाएसँगै साेमबार बिहानदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीशहरबाट देशकाे विभिन्न भागमा जाने सवारीहरु र यात्रु अलपत्र परेका थिए । अहिले भने सबै सवारी साधान गन्तव्यतर्फ जाने र आउने क्रम शुचारु भएकाे प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो ।




















