प्रतीकात्मक तस्बिर
काठमाडाैं । आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा भारी बर्षाकाे सभावना रहेकाे छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार लुम्बिनी, बाग्मती र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित केही स्थानमा भारी बर्षाकाे सम्भावना रहेकाे हाे ।
कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भेगका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी बर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


