काठमाडाैं । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् ।
ललितपुरमा चलिरहेको सङ्घको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्षमा गिरीलाई निर्विराेध चयन गरेकाे हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेशी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिवमा वन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजक सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध चयन हुन नसकेका पदहरुमा भने अहिले चुनावी प्रक्रिया सुरु भएकाे छ ।


