काठमाडाैं । पटक पटक निर्वाचन बदर भएकाे नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा पुन: मिति सारेर असाेज १२ गते गर्ने निर्णय भएकाे हो ।
यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष भएका छन् । उनकै समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो ।
महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकालेको विज्ञप्तिमा आज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ ।





















