प्रतीकात्मक तस्बिर
काठमाडाैं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएकाे छ । शनिबार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशीको तराई क्षेत्रका केही स्थानमा हावाहुरी बर्षाकाे समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा केही दिनदेखी भइरहेकाे वर्षा गएरातिदेखि रोकिएको छ ।


