प्रतीकात्मक तस्बिर
सिन्धुपाल्चोक । बाह्रबिसे नजिकै भोटेकोशी नदीमा खसेको गाडी शुक्रबार साँझ निकालिएको छ । बा २० च २१८५ नम्बरको बोलेरो गाडी हिजो बेलुकी नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे हो ।
दुर्घटना ग्रस्त गाडीमा २ जना सवार रहेको भनिएता पनि उनीहरुको अवस्था र पूर्ण विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान बाह्रबिसे नजिकै अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै स्थानीयबासिन्दा र प्रहरी उद्धारमा जुटेका थिए । लामो प्रयासपछि बेलुकीपख मात्रै गाडी निकालिएको हाे ।


