बागलुङ । बागलुङमा आज बिहान भएकाे सरकारी गाडी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छ्न् । साेही दुर्घटनमा परी अन्य १ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका-२ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा २ जना महिला र १ जना पुरुषकाे ज्यान गएकाे बागलुङ प्रहरीले पुष्टी गरेकाे हाे । १ जना घाइतेको अवस्थामा पनि गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी बिहान ८:४५ बजे सडकबाट करिब ३०० मिटर तल खस्दा २ महिला र १ पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
१ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।




















