पाेखरा । कास्की प्रहरीले लागुऔषध कारोबार गरेको आराेपमा पूर्वसांसदसमेत रहेका मेडिकल व्यवसायी डा.ढाकाकुमार श्रेष्ठलाई बिहीवार पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतबाट अनुमति लिई डा.श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
गएको साउन ३ गते पोखरा-२ बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई पोखरा-४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागुऔषध किनेको बयान दिएपछी अनुसन्धानका लागी श्रेष्ठलाइ पक्राउ गरीउकाे प्रहरीले जनाएकाे छ । उनलाई प्रहरीले ९७ ट्याब्लेट टुपेनसहित पक्राउ गरेको थियो ।
२०७९ को आमनिर्वाचनपछि डा.श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा.श्रेष्ठलाई सांसदबाट हटाएको थियो ।
श्रेष्ठ पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् ।


