प्रतीकात्मक तस्बिर
काठमाडाैं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै भारी बर्षा भइरहेको छ । केही स्थानमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग आग्रह गरेको छ ।




















