काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र ३१ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँने भएपछी जानकारी दिने उद्धेश्यले प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएकाे हाे ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको जानकारी दिए ।


