एजेन्सी/पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउन गएका पोलियो कार्यकर्ता र सुरक्षाकाेलागि पुगेका प्रहरीको हत्या गरेका छन् । खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको बेला उत्तरपश्चिमी पाकिस्तानमा आतंकबादीहरुले बुधबार उनीहरुको हत्या गरेका हुन् ।
विश्वमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको प्रभावकारी खोपको बावजुद महामारी कायमै छ । विद्रोहीहरूले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उक्त घटना अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा भएको हो । १ हप्तासम्म चल्ने खोप अभियान कार्यक्रमको तेस्रो दिन आक्रमण भएपछी जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ ।
प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घर–घर जाने पोलियो कार्यकर्ताहरूको सुरक्षाका लागि तैनाथ थिए तर पनि आपराधिक समूहबाट उनीहरू माथि आक्रमण भइरहने गरेको छ ।




















