प्रतीकात्मक तस्बिर
काठमाडाैं । आज र भाेली सुदूरपश्चिम र लुम्बिनी प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज बेलुकीदेखि पर्सि शनिवार बिहानसम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा भारी बर्षा हुन सक्ने सम्भावना रहेकाे छ ।
भारी बर्षा पछी ठाउँ ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुराेध समेत गरेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित ठूलो वर्षाको सम्भावना छ ।


