झापा । झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँमा पूजाकाे प्रसाद खाएका मघ्ये कम्तीमा पनि ५० जना बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका-९ को खरबन्दीका रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको प्रसाद खाएकाहरु बिरामी परेका हुन् । पूजाकाे प्रसाद ६० जना भन्दा बढी मानिसले खाएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पूजा घरमा पुगेर प्रसाद खाने अधिकाश बिरामी परेकाे एक स्थानियले जानकारी दिए । पूजा तरकारी, रोटी र अचार खाएकाहरु बिरामी परेका छन् ।
बिरामी सबैकाे स्थानीय क्लनिकमा उपचार भइरहेको छ । बिरामी परेकाहरुमा पूजामा प्रसाद खाएको केही समयपछि वान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएकाे छ । केही बिरामीलाइ भने ज्वरो पनि आएको छ ।




















