सुनसरी । शसस्त्र प्रहरीले सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट आज २३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि सवारी चेक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको उनले बताए । सवारी छाडेर चालक भने फरार भएका छन् ।
बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रबक्ता थापाले जानकारी दिए । उनका अनुसार यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २४५ के।जी गाँजा बरामद गरेको थियो ।


