काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बस्दैछ । बैठक बुधबार बिहान ८:३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेकाे हाे ।
कांग्रेस उपसभापति धनराज गुरूङ माथि सहकारीकाे बचत रकम अपचलन गरेकाे र उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे सामूहिक धारणा बनाउन बैठक बाेलाएको बैठकमा सहभागी १ जना नेताले बताए ।
उपसभामुखलाई हटाउने विषयमा सत्ता गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए । त्यतिबेला कांग्रेस लगायत सत्ता साझेदार दलहरूले पनि सहमति जनाएका थिए ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई मार्गप्रशस्त गरिदिन आग्रह समेत गरिसकेका छन् ।
यद्यपि कांग्रेसका सांसदहरूले भने यसबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । ती सबै विषयमा कांग्रेसले पार्टीभित्र साझा धारणा बनाउनका लागि बैठक बोलाएको हो ।


