काठमाडाैं । सरकारले रोकिएको जग्गा कित्ताकाट देशैभर खुला गरेकाे छ । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले देशैभरिकाे जग्गाकाे कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले देशैभरकाे कित्ताकाट खुल्ला गरेकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताए ।
यसअघि देशभरका ७५३ मध्ये १९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई अनुराेध गरिएको छ ।



