साँकेतिक तस्बिर
बारा । बकैया खोलाले बगाएर ४ दिनदेखि बेपत्ता भएका जुडिबेलाका १ जना पुरुष मृत फेला परेका छन् । रौतहटकाे चन्द्रपुर नगरपालिका–२ का ४२ वर्षीय अकले कुस्वार माझीको शव आज बिहान फेला परेको हाे ।
बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–६ जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउएका माझी बकैया–६ जुनाइमा खोला तर्ने क्रममा गएको शुक्रवार बाढीले बगाउँदा बेपत्ता भएका थिए ।




















