काठमाडाैं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको महासङ्घले जनाएको छ ।
महासंघकाे जिल्ला, प्रदेश र केन्द्रकाे चुनाव गराउन पटक पटक असफल भएकाे र कार्य समितिले सहयाेग नगरेपछी उनले राजिनामा दिएका हुन् ।

२ पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ ।
पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताए ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताए ।


