फाइल तस्वीर
काठमाडौं । आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएपछी त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
एसएचए १२१ विमान त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा साे विमान केहीबेर धावनमार्गमा नै रोकिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार यो श्रीको आजकाे लागि पहिलो उडान थियो ।


