जाजरकोट । जाजरकोटको धुमामा गएकाे पहिराेमा परेर २ जना बेपत्ता भएका छन् । जिल्ला बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले ६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने बेपत्ता भएकाे हो ।
पहिराे आईतरबार बिहान २ बजे खसेको अनुमान गरिएकाे छ । पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएकाे जाजारकाेट प्रहरीले जनाएकाे छ ।
बेपत्ता चलाउने दम्पतीको खाेजी स्थानीय र प्रहरी गरिरहेका छन् ।




















