चितवन । हिजाे माछा मार्न गएका २ जनालाई चितवनको राप्ती नदीले बगाएर बेपत्ता बनाएकाे छ । भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका उनीहरु नदी तर्दै गर्दा बेपत्ता भएका चितवन प्रहरीले जानकारी दिएकाे छ ।
बेपत्ता हुनेमा भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार र भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी रहेका छन् । उनीहरुसँगै गएका रोहितकुमार चौधरी भने नदी तर्न सफल भएका थिए ।
बेपत्ताकाे हिजैदेखी निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोली, प्रहरी र स्थानियबासिन्दाल तथा बेपत्ता परिवारले खोजी गरिरहेका छन् ।




















