गाेरखा । आज गणेश चतुर्थी भगवान् गणेशको पूजा आराधना गरी याे पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता रही आएकाे छ ।
याे अवसरमा काठमाण्डौ उपत्यकाकाे अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशैभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा पनि अग्रपूजाको अधिकार प्राप्त छ ।


