गैडाकाेट । गैडाकाेटकाे भैसाखाेरीमा गएराती बसले ठक्कर दिदा नाती बजैकाे ज्यान गएकाे छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना ७ ख २५२५ नम्बरको बसले गएराति ठक्कर दिदाँ ७ वर्षका विशाल श्रेष्ठ र ५५ बर्षिया श्रीमाया मानन्धरकाे ज्यान गएकाे हाे ।
बालक विशालको घटनास्थलमा नै र हजुरआमाकाे उपचारका क्रममा ज्यान गएको गैडाकाेट प्रहरीले जनाएको छ ।
श्रीमायाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ । ठक्कर दिएको बस र बसका चालकलाई प्रहरीले हिजै राती पक्राउ गरेको छ ।
घटनाकाे अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएकाे छ ।




















