साँकेतिक तस्बिर
बागलुङ । बागलुङकाे बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृत्तककाे सङ्ख्या ३ पुगेको हाे ।
बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथरका २० वर्षीय सापकाेटा बाढीमा परी बेपत्ता भएका थिए । उनकाे शव घटना स्थलभन्दा अन्दाजी ५०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएकाे छ ।
कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई गएरातिको बाढीले बगाएको थियो ।
मोटरसाइकल र स्कुटर बगाउँदा यसअघि अर्जुन सापकोटा र अविशेक रेग्मीको मृत्यु भएकाे थियाे ।


