धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका ३ बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको हाे ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार मृत्यु हुनेहरुमा १० वर्षीय आदित्यकुमार साह, ९ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।
ति बालकहरु मावलीतर्फका हजुरबुवाकाे घरमा भोज खान गएका थिए । बालकहरू नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको अनुमान प्रहरीले गरेकाे छ ।
ति बालकहरु ३ दिदी बहिनीका छाेराहरु भएकाे प्रहरीले जनाएकाे छ । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


