काठमाडाैं । आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । पछिल्लो २४ घण्टामा सर्लाही, काठमाण्डौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ ।
त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
आज कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


