काठमाडाैं । आज दिउँसो देशका धेरै ठाउँमा माैसम परिवर्तन भएर पानी पर्ने सम्भावना रहेको छ । अहिले बिहान काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित कतिपय ठाउँमा घाम लागेको भएता पनि दिउँसो मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव देखिएकाे छ । यसैकारण कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बेलुका कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ ।




















