एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज कब्जामा लिएको छ । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले मदुरोको जहाज कब्जामा लिएको हो ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००-ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको पनि बीबीसीको समाचारमा उल्लेख छ । उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन ।
ट्य्राकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ‘चोरी’ को संग्या दिएको छ ।



