पोखरा । मन्त्रालय परिवर्तन पछी असन्तुष्ट रहेका गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले दिएकाे राजीनामा स्वीकृत भएको छ । साेमबार अपरान्ह मनाङेले दिएकाे राजीनामा स्वीकृत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्विकृत गरिदिएकाे हाे ।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर बन मन्त्रालयको जिम्मा दिएकाे थियाे ।असन्तुष्ट मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।
मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको ब्यापक असन्तुष्टिका बिच पनी नेपाली काँग्रेसकाे काेटाबाट मनाङेलाई मन्त्रिपरिषदमै राखेका थिए ।




















