पाेखरा । गण्डकी प्रदेशमा नेकपा एमालेलाइ ४ मन्त्रालय भाग परेकाे छ । मन्त्रालय र मन्त्रीकाे नाम टुङ्गो लागेसंगै आजै सपथ लिने तयारी थालिएकाे छ ।
मन्त्रीहरुमा नवलपुरकी पद्मा जिसी, बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमालेले टुङ्गो लगाएको हाे ।
२२ जना प्रदेशसभा सदस्य रहेकाे गण्डकीमा एमालेबाट मन्त्री पदका आकाङ्क्षीहरु धेरै थिए ।
नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको नेपाली काँग्रेसले जनाएकाे छ ।


