चितवन । चितवनमा डेङ्गी सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजले जनाएकाे छ ।
ति ब्यत्तीकाे उपचारका क्रममा गएकाे शनिवार राति मृत्यु भएको हो । बिरामीलाई ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये अहिलेसम्म ७२७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । अहिले देशैभर ६ हजारभन्दा धेरैमा डेङ्गीको सङक्रमण पुष्टि भइसकेको छ ।
डेङ्गीको सङक्रमणकाे उच्च जाेखिम भने तनहुँ जिल्लामा देखिएकाे छ ।


