जुम्ला । पहिरोका कारण लामाे समयसम्म बन्द भएकाे कर्णाली राजमार्ग सञ्चालनमा आएकाे छ । वर्षाका कारण भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार बेलुकादेखि सञ्चालनमा आएको हाे ।
५ दिनसम्म पूर्ण रुपमा बन्द भएकाे सडक पूर्ण रुपमा सञ्चालनमा आएकाे सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए ।
उनका अनुसार सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहीखोलामा आएको पहिरो पन्छाउने काम सकिए लगत्तै हिजो बाट सडक खुलेको हाे ।
सडक खुलेपछि रोकिएका मालवाहक ट्रक मघ्ये स्याउ बाेकेका सवारीलाई पहिलाे प्रार्थमिकतामा राखेर सञ्चालनमा ल्याइएकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।




















